आज पनि धादिङमा पराकम्प

title
बिहिबार, असार २१, २०७५

काठमाडौं – धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई आज पुनः गोरखा भूकम्पको परकम्प गएको छ ।

बिहान ७ः२१ बजे ४।१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि असार १४ गते धादिङको सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो ।

केन्द्रका अनुसार गोरखा भूकम्पयता हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०० परकम्प गइसकेका छन् ।