आज विजया दशमीको तेस्रो दिन, मान्यजनबाट टीका र आशिर्वाद थाप्ने क्रम जारी

title
आइतवार, कार्तिक ४, २०७५

काठमाडौं । विजयादशमी पछिको द्ववादशी अर्थात दशैको तेस्रो दिन, आज पनि मान्यजनबाट टीका लगाउने क्रम जारी रहन्छ । नवरात्रमा भवानी नवदुर्गाको आराधना गरिएको प्रसाद टीका जमरा मान्यजनको हातबाट लगाउने क्रम विजयादशमीदेखि पूर्णिमासम्म चल्छ ।

घरका र नजिक भएका मान्यजनसँग विजयादशमीका दिन टीका लगाउने र भोलिपल्टदेखि टाढा रहेका आफन्तकहाँ जाने चलन छ ।

आजको दिन पनि आफूभन्दा ठूलाबडा, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने चलन छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।