
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल
मेषः दिन सामान्य छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। सामाजिक क्षेत्रमा मान र प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।
वृषः आफ्नै राशिमा उदय वृहस्पति पुगेका छन्। बोलीमा सरस्वतीको बास हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने समय छ।
मिथुनः अष्टम भावमा चन्द्रमा भएकाले पेट सम्बन्धी समस्या बढ्नसक्छ। धेरै काम गरेर थोरै बोल्नुपर्ने समय आएको छ। परिवारमासमेत विरोध हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।
कर्कटः परिवारसँग घुमघाम हुने योग छ। रमाइलो यात्राले दिन सहज बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथी सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। संकटमा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।
सिंहः दिन सामान्य छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। बाहिरको खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्नेछ। राजनीतिक क्षेत्रमा भने अवसर प्राप्त हुनेछ।
कन्याः परिवारमा तपाईंको निर्णय कार्यान्वयन नहुने अवस्था छ। व्यापारमा भएको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट भय र त्रास बढ्नेछ।
तुलाः योजना अनुसार काम नबन्ने जोखिम छ। तपाईंले गरेको राम्रो कामको जस अरुले लिएर तपाईंले आरोपको सामना गर्नुपर्नेछ। गुरुको सुझाव अनुसार काम गरेमा सफलता मिल्नेछ।
वृश्चिकः शनिदेवको प्रभावले मन अशान्त बन्नेछ। पिपललाई दाहिनु पारेर गरेको यात्रा सफल बन्नेछ। बन्धुसँगको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
धनुः राज्यको माथिल्लो निकायबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ। जागिरमा बढुवा हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ।
मकरः दिन राम्रो छ। योजना सहजै सफल बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भः सञ्चित धन खर्च हुनेछ। आफन्तबाट धोका हुनसक्ने जोखिम छ। धार्मिक क्षेत्रको लगानी भए फाइदा हुनेछ। धार्मिक र बौद्धिक व्यक्तिसँगको भेटले दिन सहज बन्नेछ।
मीनः सम्पत्ती कमाउने दिन छ। हाकिमसँग नम्र शैलीमा प्रस्तुत हुनुपर्ने समय छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।