आठौं राष्ट्रिय खेलकुद : क्रिकेटमा नेपाल पुलिस विजयी

title
शुक्रबार, बैशाख ६, २०७६

भैरहवा । प्रदेश पाचँमा जारी आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत पुरुष क्रिकेट तर्फ नेपाल पुलिस क्लब विजयी भएको छ ।

भैरहवामा शुक्रबार भएको खेलमा पुलिस क्लबले प्रदेश चारमाथि २८ रनले विजयी भएको हो । पहिले ब्याटिङ गरेको पुलिसले १९ ओभर ५ बलमा एक सय ३५ रन बनाएको थियो । पुलिसका लागि कुसल भुर्तेल ४४, आरिफ सेख ३५, अमीत श्रेष्ठ १६, दिपेन्द्र ऐरि १२ रन जोडे ।

बलिङमा प्रदेश चारका करण केसीले तीन विकेट लिए । जवाफमा प्रदेश चारले २० ओभरमा ७ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो । प्रदेश चारका लागि आकाश थापाले ३१ तथा सुमन घिमिरेले २७ रन बनाए र अन्य खेलाडीले उल्लेख्य प्रर्दशन गर्न सकेनन् । नेपाल पुलिसको जितमा राम नरेश गिरिले २ विकेट लिए ।