आठौँ राष्ट्रिय खेलकुद : फुटबलमा सशस्त्र प्रहरीले काँस्य पदक जित्यो

title
बुधबार, बैशाख ११, २०७६

लक्ष्मण ढुङ्गाना/बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा सशस्त्र प्रहरीको टीमले काँस्य पदक जितेको छ । आज(बुधवार) विहान भएको खेलमा ५ नम्बर प्रदेशलाई ७–१ गोलले पराजित गर्दै एपीएफले काँस्य पदक जितेको हो ।

आज(बुधवार) भएको खेलमा एपीएफका आशिष लामाले ५०, ५८ र ८३ मिनेटमा गोल गरेर ह्याट्रिक गरेका थिए । त्यस्तै प्रविण स्याङतानले १२ र ८५ मिनेटमा दुई गोल गरे ।

त्यसैगरी एपीएफका प्रदीप लामा र रमेश डंगोलले ४३ र ४५औ मिनेटमा थप १÷१ गोल गरेका थिए । ५ नम्बर प्रदेशको तर्फबाट खेलको आठौ मिनेटमा विनोद केसीले पेनाल्टी पाएर एक गोल गरेका थिए । एपीएफ लिग चरणमा ५ नम्बर प्रदेशसँग पराजित भएको थियो ।

यस्तै प्रतियोगिता अन्तर्गतको पुरुष भलिबलमा पुलिसले स्वर्ण जितेको छ । बाँकेको खजुरस्थित भलिबल एकेडेमीमा सम्पन्न उपाधि भिडन्तमा पुलिसले आर्मीलाई हराएको हो । पहिलो सेट २५–१८ ले जितेको पुलिसले दोस्रो सेट २३–२५ ले गुमाएको थियो ।

त्यसपछि पुलिसले लगातार दुई सेट २५–२० र २५–१८ ले जित्दै उपाधि पोल्टामा पारेको हो । महिला भलिबलको स्वर्ण भने अर्को विभागीय टिम एपीएफले जितेको छ । बिहानै तेस्रो स्थानका लागि भएको खेलमा एपीएफ विजयी बनेका हो । उसले गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्याे । सुरुवाती दुई सेट गुमाएको एपीएफले खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन आजै गर्दैहुनुहुन्छ । समापन समारोहमा साँस्कृतिक कार्यक्रमसहित सबै टिमको मार्चपास हुनेछ ।