आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सरकारको निर्देशन

title
आइतवार, भदौ २४, २०७५

काठमाडौ । सरकारले नापी विभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै निकायलाई निर्देशन दिएको छ ।

काठमाडौमा पत्रकार सम्मेलन गर्दे मन्त्रालयले गलत नक्सा र निसाना छाप प्रयोग नगर्न आग्रह गर्दे आधिकारिक नेपालको नक्सा र निसाना छापमात्र प्रयोग गर्न सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सञ्चारमाध्यमलाई निर्देशन दिएको हो ।

पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आधिकारिक नेपालको नक्सा र निसाना छापमात्रै प्रयोग गर्नका लागी सबै सरकारी निकायलाई पत्राचार गरिएको जानकारी दिनुभयो ।

उहाले नक्सा र निसाना छापमा देखिएको त्रुटीका बिषयमा छानबिन गर्न र आधिकारिक नक्सा स्थापित गर्न अनुमगन समिति बनाईएको बताउनुभयो ।

मन्त्री अर्यालले बजारमा बिक्री बितरणमा राखिएको नक्सामा निकै त्रुटि रहेको भन्दै ती नक्साहरु पनि हटाईने जानकारी दिनुभयो ।