
काठमाडौं : मेक्सिकोको आप्रवासी केन्द्रमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ। २९ जनाभन्दा बढी घाइते भएका छन्।
मारिनेमा अधिकांश मध्य र दक्षिण अमेरिकाबाट संयुक्त राज्य अमेरिका जाने प्रयासमा रहेका आप्रवासी रहेका छन्।
आगलागीको शुरुमा निर्वासनको विरोधमा भएको प्रदर्शनका क्रममा भएको बताइएको छ। आगलागी स्थानीय समय अनुसार राति ९ बजे भएको बीबीसीले जनाएको छ। टेक्सासको एल पासोबाट रियो ग्रान्डे नदीको छेउमा रहेको यस सहरमा पछिल्ला दिनहरुमा आप्रवासीहरुको ठूलो भीड लाग्दै आएको छ ।
महामारीका समयमा अमेरिकाले आप्रवासीलाई सहजै सीमा पार गर्न दिएकाले त्यसैको आशामा ठूलो संख्यामा आप्रवासी मेक्सिको पुगेको बताइएको छ।
मेक्सिकाका राष्ट्रपति लोपेज ओब्राडोरले आप्रवासीहरुले उनीहरुलाई निस्कासन गर्न लागेको भन्ने सूचनाका आधारमा उनीहरुले विरोधका लागि आफूहरुले प्रयोग गर्दै आएको गद्दामा आगो लगाएर विरोध शुरु गरेको बताए। पछि त्यही आगो फैलिएर त्रासदीपूर्ण घटना घटेको उनको भनाइ छ।