आफ्ना माग पुरा नभए १६ औं पटक अनशन बस्ने डा. केसीको चेतावनी

title
शनिबार, साउन २६, २०७५

काठमाडौ । प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारले गरेको सम्झौता अक्षरस पालना नभए फेरि पनि अनसन बस्ने चेतावनी दिनुभएको छ ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसंग भएको छलफलमा डाक्टर केसीले आफ्ना माग पुरा नभए १६ औं पटक अनशन बस्ने चेतावनी दिनुभएको हो ।

प्रधानमन्त्रीसंगको छलफलमा सम्झौताको विषयलाई सम्झाएको डाक्टर केसीको भनाई छ । छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो र केसीको अभियान एउटै रहेको तर त्यो बुझ्न आफूलाई समय लागेको बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले सम्झौता संवेदनशील भएकाले समयसीमा नराखी काम गर्न आफु गम्भीर भएर लागेको बताउनुभयो । स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न माग राख्दै केसीले असार १६ गतेबाट १५ औं अनशन जुम्लाबाट सुरु गर्नुभएको थियो ।

२७ दिनपछि सरकारसँग भएको सहमति अनुसार उहा“ले अनसन तोड्नुभएको थियो ।