आमाले बचाउन खोज्दा खोज्दै खोलाले बगायो दुई सन्तान

title
आइतवार, भदौ ३१, २०७५

सल्यान । सल्यानमा खोलाले बगाउँदा दिदीभाइको मृत्यु भएको छ । दार्मा गाउँपालिका–६ मा दार्मा खोलाले बगाउँदा दुईजनाको ज्यान गएको हो ।

स्थानीय दुर्गा केसीकी श्रीमती पूर्णिमा केसी माइतीघर रुकुमबाट घर फर्कँदै गर्दा शनिबार बेलुका ७ बजे स्थानीय दार्माखोला तर्ने क्रममा उनका छोराछोरीलाई खोलाले बगाएको थियो ।

खोलाले बगाएका उनका दुई वर्षका छोरा मोहन केसी शव दुई किलोमिटर पर भेटिएको थियो । यस्तै ६ वर्षकी छोरी रेखा केसीको शव घटनास्थलबाट तीन किलोमिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मोहनको शव शनिबार राति नै भेटिए पनि रेखाको भने आइतबार बिहान मात्रै फेला परेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।