आर्थिक बिकासका सुचकांकहरुमा निकै सुधार भएको गभर्नर डा. नेपालको दाबी

title
बिहिबार, साउन ३१, २०७५

मिना ढकाल / रुपन्देही । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले अघिल्ला आर्थिक बर्षमा ओरालो लागेको आर्थिक बिकासका सुचकांकहरु आर्थिक बर्ष २०७४÷०७५ को अन्तमा निकै सुधार भएको दाबी गर्नुभएको छ ।

बुटवलमा आज भएको कार्यक्रममा संबिधान निर्माणसगै मुलुक नयाँ युगमा प्रबेश गरेको उल्लेख गर्नुभयो । औद्योगिक बिकास र तिब्र आर्थिक बिकास बिना समृद्धि हासिल हुन नसक्ने बताउनु भयो ।

महाभुकम्प लगायतका महाविपत्ति भोगेको नेपालले आर्थिक गतिबिधिमाबिस्तारै गति लिन थालेको उल्लेख गर्दै वित्तिय संस्थाहरु ग्रामिण क्षेत्रको बिकासमा अग्रसर हुन आवश्यक रहेको चर्चा गर्नु भयो ।

लघुबित्त बैंकहरुले दुर्गम र बिकट ग्रामिण क्षेत्रमाआफ्नो कारोबार बढाउनु पर्ने कुरामाजोड दिँदै गभर्नर नेपालले मुलुकको मौद्रिकनीति अनुरुपआर्थिक बिकासमा योगदान पु¥याउन आग्रह गर्नुभयो ।