आलोचनाको घेराबाट माथि उठ्न नेपालको साथ माग्दै सुकी

title
शनिबार, मंसिर १५, २०७५

काठमाडौं – एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आएकी म्यानमारकी विदेश मन्त्री आङसाङ सुकीले विश्वमञ्चमा नेपाललाई आफ्नो पक्षमा पार्न पहल गरेकी छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

कम्बोडियाली प्रधानमन्त्री हुन सेनले पनि विश्वमञ्चमा नेपालको साथ खोजेका छन्।

उनीहरूले औपचारिक छलफल मात्रै होइन, दुईपक्षीय सम्झौता समेत गरी विश्वमञ्चमा नेपालको साथ चाहेका हुन्। हुन सेन र सुकीले बेग्लाबेग्लै दुईपक्षीय र शिष्टाचार भेटवार्ता पनि गरे।

लामो समयसम्म लोकप्रिय रहेकी सुकी अहिले रोहिंज्या शरणार्थी समस्याका कारण आलोचनामा मात्र होइन, मानवअधिकारका क्षेत्रमा आलोचित र अलोकप्रिय बन्दै गएकी छन्। उनी आलोचनाको घेराबाट माथि उठ्न नेपालको साथ खोजेकी हुन्।