इंग्लिस प्रिमयर लिगमा चेल्सीको सुखत सुरुवात, हडर्स फिल्ड ३ शुन्य गोल अन्तरले पराजित

title
आइतवार, साउन २७, २०७५

एजेन्सी । चेल्सीले हडर्सफिल्डलाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुआत गरेको छ ।

व्यवस्थापक मारिजियो सारीले गोलकिपर किपा एर्रिजाबालागा र जोर्गिन्होलाई प्रिमियर लिगमा डेब्यू गराएका थिए । यो खेलमा चेल्सीले ३–० को सहज जित निकालेको हो । हडर्सफिल्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३४ औं मिनेटमा कोन्टेको गोलबाट अग्रता लिएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ८० औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सी ३–० ले विजयी भयो ।

चेल्सीले सिजनको सुरुमा नै कम्युनिटी सिल्ड कपमा म्यानचेष्टर सिटीसँग हार व्यहोरेको थियो ।