इंग्लिस प्रिमियर लिग, लिभरपूल शीर्ष स्थानमा उक्लियो

title
आइतवार, अशोज ७, २०७५

अन्य खेलमा कस्को कति गोल ?

काठमाडौं । जारी प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा जित हात पार्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३–० को गोलअन्तरले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो ।

प्रिमियर लिगमा प्रतिशत जित निकालेको लिभरपुलको ६ खेलबाट १८ अंक पुगेको छ । उसले समान खेल खेलेको साविकको विजेता म्यानचेस्टर सिटीलाई २ अंकले तथा एक खेल कम खेलेको चेल्सीलाई ३ अंकले पछि छ । यसैबीच, बर्नलीले फराकिलो जित दर्ता गर्दा उपाधिको दावेदार म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

बर्नलीले एएफसी बर्नमाउथमाथि ४–० को फराकिलो जित निकाल्दा म्यानचेस्टर युनाइटेड वल्भरह्याम्पटन वन्डरर्ससँग १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीपछि युनाइटेड १० अंकसहति छैटौ तथा वन्डरर्स ९ अंकसहित १०औं स्थानमा छ ।

यसैबीच गएराति भएका अन्य खेलमा फुुलहम विरुद्ध वाट्फोर्डले १–१ गोलको बराबरी खेलेका थिए । त्यस्तै, कार्डिफ सिटी विरुद्ध म्यानचेस्टर सिटीले ५–० को जित दर्ता गरेको थियो भने क्रिस्टल प्यालेस विरुद्ध न्यु क्यास्टल युनाइटेडले गोलरहित बराबरी खेले । अर्को खेलमा लेस्टर सिटीले हडर्स फिल्ड टाउनविरुद्ध (३–१)को जित हासिल गरेको थियो ।