इटहरीमा छुरा प्रहार गरी मनी ट्रान्सफरबाट रकम लुटियो

title
बुधबार, मंसिर १२, २०७५

ध्रुव ढकाल । सुनसरी । इटहरीको ब्यस्त वजारमा अज्ञात ब्यक्तीले छुरा प्रहार गरी मनीट्रान्सफरबाट रकम लुटेका छन् । ईटहरीको व्यस्त बजार क्षेत्र बिराटनगर लाईनमा रहेको एक्टीभ मनि ट्रान्सफरका संचालक सविन दाहाललाई माछुरा प्रहार गरी मनि ट्रान्सफर लुटिएको छ ।

मुखमा कालो पट्टी बाधेर आएका व्यक्ति र संञ्चालक बिच केही समय घम्साघम्सी समेत भएको थियो । सो क्रममा लुटेराको छुरा प्रहारबाट संञ्चालकलाई घाइते बनाएर काउन्टरमा रहेको नगद लुटेर भागेका छन् । मनि ट्रान्सफरका संचालक घाईते लाई स्थानीयले उपचारको लाग िधरान स्थीत विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाएका थिए ।

यता प्रत्यक्ष दर्सि स्थानयिले घटना भएको आधा घण्टा सम्म प्रहरी नआएको भन्दै आक्रोसित भएका छन् । मनि ट्रान्सफर ठिक अगाडी केही मिटरको दुरीमा प्रहरी बिट रहेको छ । घटना भएको आधा घण्टापछि मात्र प्रहरीको टोली घटनास्थल पुगेको भन्दै स्थानीय र ब्यवसायी आक्रोसित भएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीले घटनाको अनुसन्धान शुरु गरेको वताएको छ । संचालक घाईते घाईते भएको कारण कति लुटीयो भन्ने यकिन तथ्याङ्क आईनसकेको प्रहरीको भनाई रहेको छ । ईटहरीको विराटनगर लाईनमै दिउसै लुटीएको यो तेश्रो घटना हो यस अघी रियल गोल्ड प्यालेसमा पेस्तोल देखाएर सुनपसल लुटीएको थियो आज सम्म प्रहरीले लुटेरा पत्ता लगाउन सकेको छैन । पछिल्लो समय ईटहरीमा चोरीको भयाभर रुप रहेको छ ।