इदुलफित्रको विदा कटौती नगर्न प्रधानमन्त्रीसँग मुस्लिम संघर्ष समितिको माग

title
मङ्लबार, साउन २९, २०७५

काठमाडौँ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले समुदायको महान पर्व ईदुल फित्र र ईदुल अज्हाको बिदा कटौति नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

गठबन्धनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउदै आफ्नो समूदायको पर्वमा अघिल्ला सरकारले दिदै आएको विदा कटौनी नगर्न ध्यानाकर्षण गराएका हुन् । सरकारले बिभिन्न पर्वको विदा कटौती गरेर गणतन्त्र र धर्मनिरपेक्षताको नै खिल्ली उडाएको उनीहरुको आरोप छ ।

उनीहरुले आफूहरुमाथि संविधानले दिएको राष्ट्रिय पहिचानमाथि नै सरकारले ठेस पुर्‍याएको भन्दै मुस्लिम समूदाय सरकारको विदा कटौती निर्णयले मर्माहत भएको समेत जनाएका छन् ।

गठबन्धनका अध्यक्ष समिम अन्सारीले एक हप्तापछि आउने मुस्लिम समुदायको पर्व इदुल फित्रमा सार्वजनिक बिदा दिन माग गरेको र प्रधानमन्त्री ओलीले यस बिषयमा छलफल गरेर आवश्यक निर्णय लिने आश्वासन दिनुभएको बताउनुभयो । बाईट……

आफुहरुको महान पर्वमा विदा दिनुपर्ने भन्दै गठबन्धनले यसअघि बिभिन्न दलका शिर्ष नेताहरुलाई पनि ज्ञापन पत्र बुझाइसकेको छ ।