इन्ग्लिश प्रिमियर लिगको तालीका सार्वजनिक, यस्तो छ तालिका !

title
बिहिबार, जेष्ठ ३०, २०७६

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलको नयाँ सिजनका लागि खेल तालिका सार्वजनिक गरिएको छ । बिहिबार नयाँ सिजनका लागि प्रिमियर लिगले तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार अगस्ट ९ मा उद्घाटन खेलमा लिभरपुल र नर्विच सिटीबीच भिडन्त हुनेछ । खेल लिभरपुलको मैदानमा हुने छ । त्यस्तै म्यानचेस्टर सिटी र वेष्ट ह्याम युनाईटेडबीचको खेल अगष्ट १० मा हुनेछ । यसैदिन जम्मा ७ खेल हुनेछ ।

बर्नेमाउथले सेफिल्ड युनाईटेड, बर्नलीले साउथह्यम्पटन, क्रिस्टल प्यालेसले एभर्टन, लेष्टर सिटीले वुल्भ्स, वाट्फोर्डले ब्राइटन र टोटेनहमले एस्टन भिल्लासंग प्रतिस्र्पधा गर्नेछ ।त्यस्तै तालिका अनुसार अगष्ट ११ मा न्युकासल र आर्सनल तथा म्यानचेस्टर युनाईटेड र चेल्सीबीच खेल हुनेछ ।