इन्जिनियरमाथि प्रहरीको लाठी चार्ज

title
मङ्लबार, चैत्र १२, २०७५

काठमाडौं । सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबारको दक्षिणी गेट पुगेका इन्जिनियरहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । सरकारले सेवा, सुविधा वापतको रकम कटौति गरेको विरोधमा आन्दोलनरत पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले आज निषेधित क्षेत्र सिंहदरबारको दक्षिणी गेटस्थित सहरी विकास मन्त्रालय घेराउ गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको हो ।

प्रहरीको लाठी चार्जबाट आधा दर्जन बढि इन्जिनियरहरु घाइते भएका छन । आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले लाठी चार्ज गरेकोमा इन्जिनियरहरुले आपत्ति जनाएका छन । पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले सेवा, सुविधा वापतको रकम कटौति गर्ने सरकारले निर्णय गरेपछि त्यसको विरोधमा एक साता यता पुनर्निर्माणको काम छोडेर काठमाडौंमा आन्दोलन सुरु गरेका छन ।

इन्जिनियरहरुले आफूहरुलाई दिईंदै आएको सेवा सुविधा कटौति गर्ने निर्णय फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन ।