इन्टरनेट सेवा प्रदायक संस्थाहरु सरकारविरुद्ध आन्दोलित

title
शुक्रबार, चैत्र २९, २०७५

काठमाडौ । इन्टरनेट सेवा प्रदायक संस्थाहरुले पनि सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन ।

टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई विना प्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायक संस्थाहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन ।

टेलिभिजन प्रशारक संस्थालाई विना प्रतिस्पर्धा नियम विपरित इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै उनीहरुले आज(शुक्रवार) काठमाडौंको कमलादीस्थित नेपाल दूर संचार प्राधिकरणको कार्यालयमा धर्ना समेत दिएका छन ।

सरकारले हाल नेपाल दूर संचार प्राधिकरणकाबाट इन्टरनेट सेवा संचालन गर्ने अनुमति दिईरहेको छ । अव संचार तथा सूचना प्रविधि मन्त्रालय आफैले सो काम गर्न लागेकोमा पनि उनिहरुले आपत्ति जनाएका छन ।

इन्टरनेट सेवा प्रदायक संस्थाहरुले आफूहरुले सहज रुपमा इन्टरनेट सेवा उपलब्ध गराईरहँदा पनि सरकारले विकल्प खोजेको भन्दै आक्रोश पनि व्यक्त गरेका छन । उनीहरुले इन्टरनेट सेवा आफूहरुबाट संचालन गर्ने कानुनी व्यवस्थाको उलंघन नगर्न सरकारलाई सचेत गराउँदै आजै नेपाल दूर संचार प्राधिकरणमा ज्ञापन पत्र पनि बुझाएका छन ।