इन्डोनेसियाको जाभा प्रान्तस्थ्ति सुनखानी दुर्घटना, ५ खानी मजदुरको मृत्यु

title
मङ्लबार, बैशाख ३१, २०७६

एजेन्सी। इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सुनखानी दुर्घटना हुँदा कम्तीमा पाँच जना खानी मजदुरको मृत्यु हुनुका साथै अरु दर्जनौं खानीभित्रै पुरिएको प्रहरीले जनाएको छ । उद्धारकर्ताहरुले खानीबाट पाँच जनाको शव निकालेका छन् ।

ईन्डोनेसियाको बोगोर जिल्लाको बान्तर गाउँको पोङकोर पहाडी भेगको सुनखानीमा दुर्घटना भएको हो । खानीमा फसेका अन्य व्यक्तिको खोजी भइरहेको पनि बताइएको छ ।

खानी दुर्घटनामा बाँचेकाहरुले भने खानीभित्र अरु १५ जना पुरिएको बताएका छन् । निरन्तरको वर्षाका कारण खानी दुर्घटना भएको हुनसक्ने राष्ट्रिय प्रकोप नियन्त्रण संस्थाका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताएका छन ।

कठिन भौगोलिक अवस्था र निरन्तरको वर्षाका कारण उद्धारमा कठिनाई भएको बताईएको छ । इन्डोनेसियामा पुराना सुनखानी धेरै रहेका र तिनीहरु परम्परागत रुपमै सञ्चालनमा रहेका छन् । खासगरी पहाडी दुर्गम क्षेत्रमा यस्ता सुनखानीहरु छरिएर रहेका छन् ।