इपिएल क्रिकेट आजदेखि

title
शनिबार, मंसिर २२, २०७५

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट आज सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स भिड्नेछन् ।

खेल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान किर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ । विराटनगर पारस खड्काको कप्तानीमा छ भने ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन् ।

इपिएलको पुरस्कार राशि भने घोषणा गरिएको छैन। विभिन्न ६ शहरका फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता १५ दिनसम्म चल्नेछ ।

प्रतियोगिता हेर्नका लागि विद्यार्थीलाई ५० र अन्य दर्शकलाई १०० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । दर्शकहरूलाई हरेक दिन लक्की ड्रमार्फत विभिन्न उपहार दिनुका साथै छक्का भएको बल एक हातले क्याच गरे ५० हजार रुपैयाँ नगद पुरस्कार समेत दिइने आयोजकले जनाएको छ ।