इपीएल खेल्ने ललितपुरको टोलीमा को को ?

title
बिहिबार, मंसिर १३, २०७५

काठमाडौं । मंसिर २२ गतेबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) मा सहभागी टिम ललितपुर प्याट्रियट्सले टिम सार्वजनिक गरेको छ । ललितपुरमा बुधबार आयोजना गरिएको कार्यक्रममा ललितपुरले तीन विदेशी खेलाडी सहित १४ खेलाडीलाई सार्वजनिक गरेको हो ।

यसका साथै कार्यक्रममा टिमले इपीएलमा लगाउने जर्सी र टिमसँगका सहयोगीलाई पनि रिभिल गरियो । लितपुरको टिममा प्राय युवा खेलाडीको बाहुल्यता रहेको छ । टिमको मार्की खेलाडी ज्ञानेन्द्र मल्ल हुन् ।

ललितपुर टिममा ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, सोनु तामाङ, ललित राजवंशी, सन्दिप् जोरा, शंकर राना, पवन सराफ, कुशल भुर्तेल, रासिद खान, नारायण जोशी, योगेन्द्रसिंह कार्की रहेका छन । त्यसैगरी विदेशी खेलाडीमा सन्नी पटेल, जयकशिन कोल्सावाला, गौरव तमोर रहेका छन् ।

यसैबीच, एभरेष्ट प्रिमियर लिग क्रिकेटका लागि चितवन टाइगर्सले इंग्ल्याण्डका जोन सिम्सनलाई अनुबन्ध गरेको छ । बायाँ हाते ब्याट्सम्यान तथा विकेट किपर सिम्सनले इंग्ल्याण्डको यू–१९ टिमबाट खेलिसकेका छन् । लंकाशायर र मिडलसेक्सबाट खेलिसकेका सिम्सनले १४० फस्र्ट क्लास र ८४ लिस्ट ए क्रिकेट खेलिसकेका छन् ।

यसका साथै उनले ९४ वटा टि–२० खेल खेलिसकेका छन् । दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्समा पृथु बास्कोटा, दिलिप नाथ, सन्दिप सुनार, भिम सार्की, ललितसिंह भण्डारी, कमसिंह ऐरी, शाहब आलम, आदिल खान, इशान पाण्डे, सागर ढकाल लगायत छन् ।