ईङ्ल्याण्डबिरुद्ध अष्ट्रेलिया ब्याटिङमा, सुरुवाती ब्याट्सम्यानको खराब प्रर्दशन

title
बिहिबार, असार २६, २०७६

ऐजेन्सी । आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र ईङ्ल्याण्डबीच प्रतिस्पर्धा भईरहेको छ । बर्मिघममा जारी खेलमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि ईङ्ल्याण्ड फिल्डिङमा उत्रिएको छ ।

पाँच पटकको विश्व विजेता अष्ट्रेलिया आठौं पटक फाईनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको छ । त्यस्तै घरेलु टोली ईङ्ल्याण्ड समेत चौथो पटक फाईनल खेल्ने लक्ष्यमा छ ।

अष्ट्रेलियाले सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाईनल पुगेको थियो । जसमा अष्ट्रेलिया सन् १९७५ र १९९६ मा मात्र उपविजेता बनेको थियो ।

बाँकी फाइनल उसले जितेको ईतिहास छ । ईङ्ल्याण्ड यसअघि सन् १९७९, १९८७ र १९९२ मा फाइनल पुगेको थियो ।

तर, तीनै पटक उपविजेतामा सिमित बनेको थियो । अष्ट्रेलिया यस विश्वकपमा समुह चरणमा ९ खेलमा ७ खेल जितेको थियो । र, दुई खेलमा पराजय भोग्दै १४ अंक सहित दोस्रो स्थानमा रहेको थियो ।

ईङ्ल्याण्डले ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक बटुलेको थियो । आजको विजेताले उपाधीका लागि न्युजिल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाईनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड फाईनल प्रवेश गरिसकेको छ । फाईनल खेल भने आईतबार हुनेछ ।