ईपीएलको माहोल तताउँदै इंग्ल्याण्डका यी ६ युवती

title
बिहिबार, मंसिर २०, २०७५

काठमाडौं । आउँदो शनिबारबाट काठमाडौंमा शुरु हुने एभेष्ट प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको छ । खेलको संघारमा खेललाई अझ स्तरीय र रोमान्चक बनाउन आयोजकले अन्तर्राष्ट्रिय चेयर लिडर्स ल्याएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगितामा सहभागी हुने ६ चियर लिडर्सलाई सार्वजनीक गरिएको हो । घरेलु क्रिकेटको सर्वाधिक सफल प्रतियोगिता ईपीएलमा ६ चियर लिडर्सले खेलाडी र आम दर्शकलाई मनोरञ्जन दिनेछन् । आयोजकका अनुसार ६ जना चियर्स लिडर्सलाई दुई टिममा बाँडिने छ ।

प्रत्येक टिमका लागि तीन जना चियर्स लिडर्स रहनेछन् । मैदानमा रहने टिमले लिने रन र विकेटमा चियर्स लिडर्सले रोमाञ्चकता थप्नेछन् । क्रिकेट कप्तान पारस खड्काले पहिलो पटक नेपाली क्रिकेटमा गरिएको प्रयोगले प्रतियोगिता मात्र नभएर समग्र नेपाली क्रिकेटको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

किंगफिसरले पत्रकार सम्मेलन गर्दै दर्शकको उपस्थितीलाई विषेश ख्याल गर्दै चेयर लिडरहरु ल्याएको जानकारी दिएको हो । यसले प्रतियोगिताको स्तर उकास्न समेत उल्लेख्य योगदान पुग्ने विश्वास किंगफिसरको छ । एभरेष्ट प्रिमियर लिगको यो संस्करण शनिबारदेखि शुरु हुँदैछ । पहिलो खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रियोट्सवीच खेल हुनेछ ।

यसैबीच, एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौं किंग्सबाट खेल्ने आयरल्याण्डका केभिन ओब्राइन नेपाल आएका छन् । टेष्ट मान्यता देशका खेलाडी केभिनलाई काठमाडौं किंग्सका पदाधिकारीले उनि बसेको होटल मिराज इनमा स्वागत गरेका छन । यसपटकको इपिएलमा अघिल्लो संस्करणको भन्दा राम्रा विदेशी खेलाडी भित्र्याइएको हुँदा इपीएलको रौनक झन तातेको छ ।