(ईपीएल)  क्रिकेटको तेस्रो संस्करण सुरु, विराटनगर र ललितपुरकाे प्रतिस्पर्धा जारी

title
शनिबार, मंसिर २२, २०७५

काठमाडाैं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण सुरु भएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सको प्रतिस्पर्धा जारि छ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाईज प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । पारस खड्काको विराटनगर र ज्ञानेन्द्र मल्लको ललितपुर पहिलो खेलमा सफलता हात पार्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । राष्ट्रिय टोलीका कप्तानसमेत रहेका पारस खड्का नेतृत्वको विराटनगरले गतवर्ष शरद भेषावकर नेतृत्वको भैरहवा ग्लाडियटर्सलाई पराजित गर्दै उपाति जितेको थियो ।

कप्तान पारसले यस पटक पनि आफूहरुले उपाधि रक्षाकै लागि खेल्ने दाबी गरेका छन् । गत वर्ष क्वालिफायरमा पराजित हुँदै उपाधि होडबाट बाहिरिएको ललितपुुरले पनि उपाधि दाबी गरेको छ ।