ईपीएस : नेपाललाई १० हजारभन्दा बढी कोटा

title
मङ्लबार, पुस १०, २०७५

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ का लागि नेपालले १० हजारभन्दा बढी कामदार कोटा पाउने भएको छ ।

कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने विदेशी जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउने बताइएको छ । कामदार छनोटको लागि फागुनको दोस्रो हप्ता १० अाैँ भाषा परीक्षा आवेदन आह्वान हुने भएको छ ।

कोरियाले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ठ रहेको जनाउँदै थप कामदार छनोटका लागि फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो हप्ता भाषा परीक्षा गर्ने योजना बनाएको समाचार कारोबार दैनिकमा छ ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाले विगत वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जनाएको छ ।