उचित सेवासुबिधाको माग गर्दै करार प्राविधीक कर्मचारीहरु आन्दोलित

title
सोमवार, भदौ १८, २०७५

काठमाडौ । उचित सेवा र सुविधाको माग गर्दै सहरी विकास तथा भवन निर्माण डिभिजनका करार प्राविधीक कर्मचारीहरु आन्दोलित भएका छन् ।

उनीहरुले सोमवार डिभिजन कार्यालय बबरमहलमा धर्ना दिंदै आफुहरुलाई करार म्याद नथपी अलपत्र पारेको जनाएका हुन् । सरकारको पछिल्लो निर्णय अनुसार सबै कार्यालयका करार कर्मचारीहरु काममा फर्किसकेको अवस्थामा आफुहरुलाइ भने कुनै जिम्मेवारी नै नदिएको उनीहरुको गुनासो छ ।

त्यस्तै उनीहरुले डिभिजन कार्यलयले मातहतका कार्यालयमा आफ्ना निकटका मान्छेहरुलाई जागिर दिएको र आफुहरुको भने करार अवधी थप नगरेको आरोप पनि लगाएका छन् । उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको करार थप गर्ने निर्णय तत्काल कार्यान्वयन गर्दै आफुहरुलाई उचित सेवा र सुविधा सहित जिम्मेवारी दिन माग गरेका छन् ।

डिभिजन कार्यालयले गत २०७३ माघमा लोकसेवा आयोगबाट बिभिन्न पदमा करार पदपूर्ति माग गर्दै कर्मचारी भर्ना गरेको थियो ।

आन्दोलित कर्मचारीहरुले आफुहरु लोकसेवा परिक्षाबाट आएको भन्दै सरकारले उचित व्यवस्थापन गर्न पनि माग गरेका छन् ।