उत्कृष्ट खेलाडीकाे मनोनयनमा रोनाल्डो, ग्रिजमन र एमबाप्पे

title
मङ्लबार, मंसिर ११, २०७५

एजेन्सी । पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोसहित फ्रान्सेली दुई स्टार ग्लोब सकर अवार्डअन्तर्गत उत्कृष्ट खेलाडीको मनोननयमा परेका छन् ।

विश्व कप विजेता फ्रान्सेली टोलीका एन्टोइन ग्रिजमन र केलियन एमबाप्पे मनोनयमा परेका छन् । ८ पटक मनोनयमा परेका रोनाल्डोले ४ पटक यो अवार्ड जितिसकेका छन् । रोनाल्डोले पछिल्लो दुई संस्करण यस उपाधि आफ्नो नाम गरेका थिए ।

विश्व कप विजेता फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प, रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान, एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओनी, लिभरपुलका योर्गन क्लोप र युभेन्ट्सका मासिमालियानो एलिग्री उत्कृष्ट प्रशिक्षकको मनोनयमा परेका छन् ।

१० औं सस्करणको अवार्डको घोषणा जनवरीमा गरिने बताइएको छ । दुई इन्टरनेसनल स्पोर्टस कन्फ्रेन्सको अन्तिम दिन अवार्डको घोषणा गरिने जनाइएको छ । विभिन्न विद्याका १३ अवार्डमा मनोनयन सार्वजनिक भएका छन् ।