उत्तर कोरियाली नेता किम चीनमा

title
मङ्लबार, पुस २४, २०७५

एजेन्सी । उत्तर कोरियाली नेता किम जङ उन तीन दिने भ्रमणका क्रममा चीन आइपुगेका छन । आणबीक हतियार निशस्त्रीकरणका बिषयमा अमेरिकासँग पुनः बार्ता हुने छलफल चलिरहेका बेला किम चिनिया राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा सोमबार चीन आइपुगेका हुन । उत्तर कोरियाली नेता किम रेलमार्ग हुँदै चीन पुगेको कोरीयाली समाचार एजेन्सी केसीएनले जनाएको छ । किम विहिबारसम्म चीनमै रहने बताइएको छ । किमको एक बर्षभित्र भएको यो चौथो भ्रमण हो ।