उद्यान निर्माणका लागि नौ नगरपालिकालाई एक/एक करोड रुपैयाँ उपलब्ध

title
आइतवार, माघ २७, २०७५

काठमाडौं महानगरपालिकाले उद्यान निर्माणका लागि नौ नगरपालिकालाई एक/एक करोड रुपैयाँ उपलब्ध गराएको छ ।

नगर साझेदारी कार्यक्रमअन्तर्गत आईतवार टोखा नगरपालिकाबाहेक अन्य नगरपालिकालाई एक/एक करोड रकम उपलब्ध गराइएको हो । काठमाडौ महानगरको गत शुक्रबार बसेको २९औं बोर्ड बैठकको निर्णयअनुसार सो रकम महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नौ नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गर्नुभयो ।

साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौंका नगरपालिकाको हरियाली प्रवद्र्धन, पार्क निर्माण र सार्वजनिक जग्गा संरक्षणका लागि रकम हस्तान्तरण गरिएको महानगरपालिकाले जनाएको छ ।

यसै कार्यक्रमअन्तर्गत गएको असार २० गते टोखा नगरलाई बौडेश्वर महादेव क्षेत्रमा बाल उद्यान निर्माणका लागि एक करोड प्रदान गरिएको थियो ।