उद्योगमन्त्रीमाथि हातपात गर्न खोजेपछि मन्त्रीले समाते कर्मचारीको कठालो

title
बुधबार, जेष्ठ १, २०७६

काठमाडौं– उद्योगमन्त्री मातृका यादव र कर्मचारीका नेताहरुका बीचमा मन्त्रालयमा हात हालाहाल भएको छ ।

सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवकै कार्यकक्षमा हात हालाहालको अवस्था सिर्जना भएको हो । कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको कर्मचारीको समुहले घुस लिएर नेकपा निकट विनोद खड्कालाई उद्योग विभागमा सरुवा गरेको भन्दै आरोप लगाएपछि  मन्त्री र कर्मचारीका नेताहरुबीचमा विवाद भएको थियो ।

विवादकैबीच कर्मचारीका नेताले मन्त्रीमाथि हात हाल्न खोजेपछि मन्त्री यादव पनि घुस खाने को हो ? भन्दै कर्मचारीको कठालो समातेका थिए ।

मन्त्रीमाथि नै हातपात प्रयास भएपछि प्रहरी बोलाउनुपरेको थियो । उद्योगमन्त्रीको कार्यकक्षमै मन्त्रीमाथि हातपातको प्रयास भएपछि कर्मचारीको भागदौड मच्चिएको थियो ।