उपत्यकामा दैनिक तीन करोड लिटर पानी थप

title
आइतवार, भदौ ३, २०७५

काठमाडौं । उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ । सुन्दरीजलमा बनेको नयाँ प्रशोधन केन्द्रबाट बागमतीको पानी थपेर वितरण गर्न थालिएको हो ।

उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

खानेपानीमन्त्री विना मगरले यसअघि हप्तामा एक दिन दुई घण्टा पानी वितरण गरिएकोमा हप्तामा पाँच दिन दुई घण्टा पानी दिइने प्रतिबद्धता जनाउनुभएको छ ।

मन्त्री मगरले लिमिटेडका दुई लाख ७० हजार धारामा पानी दिन पहल गरिने बताउनुभयो ।