उपाधिको होडमा ८ टोली, ब्राजिललाई रोक्ला त बेल्जियमले ?

काठमाडौं । रूसमा जारी विश्वकप फुटबल अन्र्तगत सहभागी ३२ राष्ट्रमध्ये १६ हुँदै ८ टोलीको छनोट भएका छ । समूह चरणबाट १६ टोली बाहिरिए भने प्रिक्वार्टर फाइनलमा ८ टोली आ–आफ्नो खेलमा पराजय व्यहोर्दै घर फर्किए । जित हासिल गरका ८ टोलीको भिडन्त भने शुक्रबारबाट शुरु हुनेछ ।
मंगलबार राति भएको खेलमा स्वीडेन र इंग्ल्याण्डले आ–आफ्ना खेलमा जित हात पार्दै अघिल्ले चरणमा प्रवेश गरेसँगै क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लागेको हो । यसअघि उरुग्वे, फ्रान्स, ब्राजिल, बेल्जियम, रसिया र क्रोएसियाले अन्तिम ८ को स्थान सुरक्षित गरिसकेका थिए ।
प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेनले अन्तिम ८ स्थान सुरक्षित गरेको हो । त्यस्तै, पेनाल्टी सुटआउटमा कोलम्बियालाई स्तब्ध पार्दे इंग्ल्यान्डले पनि आफ्नो आगामी यात्रालाई निरन्तरता दिएको हो । कोलम्बिया र ईङ्ल्याण्डको खेल निर्धारित समय बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा प्रवेश गरेको थियो । जसमा पनि कुनै पक्षले पनि आफ्नो पक्षमा निर्णायक बनाउन नसकेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको हो ।
पेनाल्टी सुटआउटमा इंग्ल्यान्ड ४–३ ले विजयी भयो । खेलको ५७ औँ मिनेटमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले पेनाल्टी मार्फत गोल गरेर खेलमा अग्रता लिएका थिए । जुन अग्रता निर्धारित समयसम्म नै रह्यो । तर थपिएको तेस्रो मिनेटमा कोलम्बियाका येरी मिनाले गोल गरेर र खेललाई बराबरीमा ल्याए । जसका कारण खेल थप ३० मिनेटको अतिरिक्त समय र पेनाल्टी सुटआउटसम्म पुग्यो ।
पेनाल्टी सुटआउटमा इंग्ल्याण्डका गोल किपर जोर्डन पिकफोर्डले कोलम्बियाका खेलाडी कार्लोस बाकाको पेनाल्टी रोकिदिएपखि खेल इंग्ल्याण्डको पक्षमा देखियो । इंग्ल्यान्डका कप्तान ह्यारी केन, मार्कस रसफोर्ड, केइरन ट्रिपियर र एरिक डायरले गोल गरे । कोलम्बियाका एक खेलाडीको पेनाल्टी खम्बामा लागेर बाहिरिएको थियो । कोलम्बियाका तर्फबाट जुआन कुवादराद्रो र लुइस मुरिएलले मात्रै पेनाल्टीमार्फत गोल गर्न सफल भएका थिए ।
त्यस्तै यसअघि मंगलबारै सेन्ट पिटर्सवर्ग रंगशाला भएको पहिलो खेलमा स्विट्जरल्यान्डलाई १–० गोलले पराजित गर्दै स्विडेनले अन्तिम आठमा स्थान बनाएको हो । दोस्रो हाफको ६६औं मिनेटमा स्विडेनका इमेल फर्सवर्गले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता बनाएका थिए ।
शुक्रबार हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्दैछन् । फ्रान्सले उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई हराउँदै अन्तिम ८ को स्थान बनाएको हो । त्यस्तै उरुग्वेले अर्को उपाधिको दाबेदार मानिएको पोर्चुगललाई पन्छाउँदै अन्तिम ८ को स्थान पक्का गरेको हो । उरुग्वेको अबको यात्रा भने त्यति सहज छैन ।
सन १९९८ मा विश्वविजेता बनेको फ्रान्स यो विश्वकपमा पनि निकै लयमा देखिएको छ । त्यसो त फ्रान्सका लागि उरुग्वे बाधक नबन्ला भन्न सकिन्न । उरुग्वे पनि दुई पटकको विश्व विजेता टोली हो ।
बेल्जियम र ब्राजिलको स्थिति
त्यस्तै शुक्रबार नै हुने अर्को खेलमा बेल्जियमले ब्राजिलको सामना गर्नेछ । ब्राजिल पाँच पटकको विश्व विजेता टोली भए पनि अबको यात्रामा ब्राजिलका लागि बेल्जियम प्रमुख चुनौतका रुपमा देखिन्छ ।
समूह चरणको खेलमा समूह ‘इ’बाट विजेताका रुपमा प्रिक्वार्टर फाइनलमा पुगेको ब्राजिलले मेक्सिकोलाई पन्छाउँदै आगामी यात्रा तय गरेको हो । ब्राजिलले जारी विश्वकपमा समूह चरणको पहिलो खेलमा स्वीटजरल्याण्डसँग बराबरी, दोस्रो खेलमा कोष्टारिकासँग २–० को जित र तेस्रो खेलमा सर्वियासँग २–० को जित हात पार्दै समूह ‘इ’को विजेताको रुपमा प्रि क्वार्टर फाइनलको यात्रा तय गरेको थियो ।
ब्राजिल दक्षिण अमेरिकाबाट रुस विश्व कपका लागि शीर्ष स्थान हात पार्दै छानिएको पहिलो देश हो । छनोटमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिल लगातार २१ पटक विश्व कप खेल्ने एक मात्र भाग्यमानी राष्ट्र पनि हो । सन् १९३० देखि ब्राजिलले लगातार विश्व कप खेल्दै आएको छ । विश्वकपको सबैभन्दा सफल टिम मानिने ब्राजिलले पाँच पटक उपाधि जितिसकेको छ भने छैटौं पटक तारा थप्ने दाउमा दरिएको छ ।
जारी विश्वकपमा बेल्जियम पनि निकै नै लयमा देखिएको छ । युरोप छनोटको समूह ‘एच’को विजेता बनेर १३ औं पटक विश्व कपमा सहभागी बेल्जियम यसपालिको विश्व कपमा युरोपबाट छनोट भएको पहिलो देश हो । बेल्जियम सन् १९३० मा भएको विश्व कपको पहिलो संस्करणमा समेत सहभागि थियो । यसपछि बेल्जियमले ११ संस्करणमा सहभागीता जनाई सकेको छ ।
तर पनि विश्व कप यात्राको १२ औं संस्करणसम्म बेल्जियमले १९८६ मा चौथो हुने बाहेकको उपलब्धि हासिल गर्न सकेको छैन । यसपटक निकै शसक्त देखिएको बेल्जियम उपाधि जित्ने दाउमा देखिएको छ ।
दोस्रो क्वार्टरफाइनल
आगामी शनिबार हुने दोस्रो क्वार्टरफाइनलको पहिलो खेलमा इंग्ल्याण्ड र स्वीडेन भिड्नेछन् । प्रि क्वार्टरफाइनलमा कोलम्बियालाई हराउँदै इग्ल्याण्डले अन्तिम ८ को स्थान बनाएको हो भने स्वीडेनले स्वीट्जरल्याण्डलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
शनिबार नै हुने दोस्रो खेलमा आयोजक रसिया र क्रोएसिया आमने सामने हुनेछन् । यो विश्वकपमा आयोजक रसियाले शुरुवाती खेलदेखि नै शानदार प्रदर्शन गर्दै आएका कारण उपाधिको दाबेदारका रुपमा देखिएको छ । उसले प्रिक्वार्टरफाइनलमा बलियो तथा उपाधिको दाबेदारका रुपमा हेरिएको स्पेनलाई हराउँदै अन्तिम ८ को स्थान बनाएको हो । यता क्रोएसियाले भने डेनमार्कलाई हराउँदै आगामी यात्रालाई निरन्तरता दिएको छ ।
-
हत्या आरोपी १० वर्षपछि पक्राउ
-
पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल
-
कर्मचारी विधेयकमा आरक्षण कटौती गरिएको भन्दै आपत्ति
-
‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’
-
प्रजातन्त्रमा जनता सर्वोच्च हुन्छ : राप्रपा(संयुक्त)का अध्यक्ष लोहनी
-
चैत मसान्तभित्र स्ववियु निर्वाचन हुन्छ: मन्त्री पोखरेल
-
न्यायिक समितिमा जग्गा विवादको उजुरी धेरै
-
एफएम रेडियो र टेलिभिजनहरुलाई प्रजातन्त्र दिवसको सूचनामूलक सामग्री प्रशारण गर्न सरकारको आह्वान
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
आज ‘जनताको जलविद्युत आयोजना’ घोषणा
-
‘भ्यालेन्टाइन्स डे’ मनाइदै, प्रेमका लागि शहीद हुने सेन्ट भ्यालेन्टाइनको सम्झना
-
नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री
-
गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)
-
मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट
-
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’
-
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
-
चिनियाँ राष्ट्रपति साउदी युवराजबीच भेटवार्ता
-
आपराधिक गतिविधिमा संलग्न पाँच पक्राउ
-
हत्या आरोपी १० वर्षपछि पक्राउ
-
चिकित्साशिक्षा सहित ३ विधेयक प्रमाणिकरण
-
जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन
-
फेरी टेण्डर गरेर भएपनि मेलम्ची समयमै ल्याउने सरकारको प्रतिवद्धता
-
निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईको मृत्यु
-
विवादका बिच नेकपा एकता कार्यदल भंग
-
पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल
-
जुम्लामा पुग्यो पाठ्यपुस्तक
-
जडीबुटी प्रशोधन केन्द्र बन्द
-
दुर्घटनामा एकको मृत्यु
-
लोकतन्त्रकलीले छावा जन्मायो
-
जडीबुटी खेतीबाट राम्रो आम्दानी गर्दै महिला
-
निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै