उपाधि होडमा नेपाललाई दबाब, तीन डिफेन्डर घाइते

काठमाडौं, बंगलादेशमा जारी बंगबन्धु कपको पहिलो खेलमा नेपाली टोली ताजिकिस्तानसँग २–० ले पराजित भएसँगै नेपालको उपाधि होडमा कठिन अवस्था सिर्जना भएको छ । पहिलो खेलमै पराजय व्यहोरेसँगै अबको खेले जसरी पनि जित्ने पर्ने दबाब नेपाली टोलीमाथि रहे पनि नेपाली टोलीका तीन खेलाडी घाइते भएका कारण थप अप्ठ्यारो अवस्था सिर्जना भएको छ ।
मंगलबार सिल्हेटमा भएको खेलमा नेपाल पराजित त भयो, सँगसँगै मुख्य खेलाडीको चोटले झनै समस्यामा पारेको छ ।कप्तान विराज महर्जन पहिलो हाफमा नै घुँडामा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए । सामान्यतया राइट ब्याक खेल्ने उनलाई प्रशिक्षक बालगोपाल महर्जनले लेफ्ट ब्याकको भूमिकामा उतारेका थिए । पेनाल्टी क्षेत्रभित्र कर्नर डिफेन्ड गर्ने समयमा उनी दुखाइ बढेपछि मैदानमा नै ढलेका थिए । उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लागिएको थियो । उनको स्थानमा प्रशिक्षक महर्जनले सुमन अर्याललाई मैदानमा पठाएका थिए ।
डिफेन्डर आदित्य चौधरी पनि चोटका कारण नै परिवर्तित हुनु पर्यो । विपक्षीले बल तान्न जाँदा उनलाई लडाएपछि जिउ भुइंमा परेका कारण उनको कुम दुखेको हो । आदित्यको स्थानमा देवेन्द्र तामाङ मैदान प्रवेश गरेका थिए । त्यस्तै खेलको २० मिनेट बाँकी समय रहँदा अनन्त तामाङ पनि चोट बोक्दै मैदान बाहिरीए । उनको तिघ्राको मांशपेसीमा केहि समस्या देखिएपछि फिजियोले उनलाई परिवर्तन गर्न सुझाव दिए ।
अनन्तको स्थानमा प्रशिक्षक महर्जनले भरत खवासलाई मैदानमा छिराएका थिए । नेपाल २–० ले पछाडी पारेको स्थितिमा भरतलगायत खेलाडीलाई आक्रामक रणनीति अपनाउन अगाडी बढाएका हुन् । तीनै खेलाडीको भिन्नै चोट भएका कारण सबैको रिपोर्ट आएपछि उनीहरुको स्थितिबारे भन्न सकिने बुझिएको छ ।
प्रारम्भिक जाँच हेर्दा आदित्यको चोट सामान्य देखिन्छ भने विराज र अनन्तले विश्राम लिने सम्भावना छ । नेपालले अर्को खेलमा प्यालेस्टाइनको सामना गर्दैछ । उक्त खेलका लागि प्रशिक्षक महर्जनले धेरै परिवर्तन गर्ने सम्भावना रहेको छ । मंगलबारको फितलो प्रदर्शनले पनि नेपालको अर्को चरण पुग्ने सम्भावना कमजोर भएको छ । नेपाललाई अर्को चरण पुग्न प्यालेस्टाइनविरुद्ध हार टारेर अर्को खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
आज ‘जनताको जलविद्युत आयोजना’ घोषणा
-
‘भ्यालेन्टाइन्स डे’ मनाइदै, प्रेमका लागि शहीद हुने सेन्ट भ्यालेन्टाइनको सम्झना
-
नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री
-
गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ
-
लगातारको वर्षा र हिमपातपछि आज मौसम सफा
-
कोइरालाको स्मृति दिवसः काँग्रेसले समेत सम्झिएन
-
प्रतिनिधिसभामा कर्मचारी समायोजन विधेयक पेस
-
कस्तो बन्छ त रानीपोखरी ?
-
विदेश नीति कमजोर बन्दै गएको भन्दै सांसदहरुद्वारा सरकारको आलोचना
-
जोखिममा हस्पिटल
-
निर्यात व्यापार बढाउन सक्दो पहल गर्छुः भारतका लागि राजदुत आचार्य
-
नाष्टले पेट्रोल निकाल्दै
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)
-
मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट
-
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
-
‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’
-
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
-
डा. भट्टराईले संसदमा भने– जनावरलाई राष्ट्रिय जनावर बनाउनु हुन्न
-
बार्सिलोनाको सर्घषपुर्ण जीत, मेस्सीले गरे निर्णयक गोल
-
बिग बास लिग : सन्दीपको टीम उपविजेतामा सिमित
-
डीपीएल ः महेन्द्रनगरको पहिलो जीत, अत्तरीयाले प्लेअफ पुग्ने मौका गुमायो
-
अवैध क्रसर बन्द गरिँदै
-
बजेट नआउँदा खानेपानी आयोजना अलपत्र
-
चट्याङ लागेर एकको मृत्यु, १० घाइते
-
कुष्ठरोगका वर्षेनी तीन हजार नयाँ बिरामी थपिदैँ
-
‘लुट्न सके लुट कान्छा’ हटेपछि तातेको सामाजिक सञ्जाल
-
कर्मचारी समायोजन लगत्तै नयाँ भर्ना खुल्नेछ : मन्त्री पण्डित
-
डिपीएल क्रिकेट : सोमपाल कामीको धनगढी बाहीरियो, काठमाडौँ प्लेअपमा
-
बैंकलाई ब्याजदर लचिलो बनाउन प्रधानमन्त्रीको आग्रह
-
अज्ञात बन्दुकधारीले चलाएको गोलीबाट ६६ जनाको मृत्यु
-
बाजुरामा फेरि हिमपात, जनजिवन प्रभाबित
-
नगरप्रमुख र उपप्रमुखको बिबादले फतुवा बिजयपुर नगरपालिकाको नगरसभा अन्योलमा
-
नारायणगढ मुग्लिन सडकमा पुल निर्माण धमाधम