
काठमाडौँ । एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गतको पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा उषालाई पिपुल्स च्वाइस अवार्डको विजेता घोषणा गरिएको हो ।
खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट सर्वाधिक मत प्राप्त गर्दै उषाले अवार्ड जितेकी हुन् ।
अवार्ड जित्ने क्रममा उषाले मनोनयनमा परेका फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् ।