एउटी वर्षाले छाड्दा अर्की वर्षाको इन्ट्री

title
बुधबार, साउन ३०, २०७५

काठमाडौं । पछिल्लो समय चलेकी नायिकाको नाम लिनुपर्दा वर्षा राउत अग्रपंक्तिमा आउने नाम हो । उनी अभिनित चलचित्रले एक पछि अर्को गर्दै सफलता बटुलिरहेका बेला उनीलाई खाली हात बस्नु परेको छैन । एउटा चलचित्रको काममा व्यस्त भइरहँदा पनि अर्को चलचित्रमा साइन गर्नुपर्ने स्थिति आएको स्वयं वर्षा स्वीकार्छिन् ।

हालै एउटा चलचित्रमा उनलाई यस्तै अवस्था देखियो । भर्सटायल अभिनेता खगेन्द्र लामिछानेको प्रमुख भूमिका रहने फिल्म ‘गोपी’मा एउटी अभिनेत्री वर्षा सिवकोटीले छाडेको केही समय नवित्तै सो ठाउँमा अर्की अभिनेत्री वर्षा राउतलाई अनुबन्ध गरिएको छ ।

केही दिन अघि मात्र निर्माण पक्षले चलचित्र गोपीमा वर्षा शिवाकोटीको अभिनय रहेनेगरी अनुबन्ध गरेको थियो । चलचित्रमा अनुबन्ध भएको एक साता पनि नबित्दै वर्षाले गोपी छाडेको खबर एकाएक मिडियामा छरियो । यस विषयमा ‘गोपी’ का कार्यकारी निर्माता श्रीधर पौडेलले सुटिङमा प्रर्याप्त समय दिन नसक्ने भएपछि आपसी समझदारीमा बर्षाले फिल्म छाडेको बताएका थिए । तर, यस विषयमा बर्षा स्वयमले समेत मुख खोलेकी छन् ।

हाल ‘जय शम्भु’ को प्रचारका लागि उपत्यका बाहिर रहेकी उनले आइतबार मध्यरातमा आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस लेख्दै फिल्म ‘गोपी’ छाड्नुको वास्तविकता घुमाउरो शैलीमा लेखेकी छिन् । उनले साइन गर्दा एउटा चरित्र र काम सुरु हुने बेला अर्कै चरित्र भएपछि फिल्म छाड्नुपरेको आशय पोखेकी छिन् ।

दीपेन्द्र लामाले निर्देशन गर्न लागेको फिल्म ‘गोपी’बाट आफू बाहिरिएको विषयमा मिडियामा आएका समाचारप्रति पनि उनले दुखेसो पोखेकी छन् । ‘भित्री कुरालाई राम्ररी नबुझी मेरो कामको कुरामा पटक–पटक होच्याउने काम गर्ने केही सम्बन्धित व्यक्ति र मिडिया पर्सनलाई म के भनौं ? मेरो कुरा काटेर तपाईंलाई खुशी मिल्छ र घर चल्छ भने मेरो केही भन्नु छैन’, उनले लेखेकी छन् ।

एउटा कलाकारलाई फिल्म सफल वा असफल भन्दा पनि चरित्रलाई न्याय गर्नु सबैभन्दा ठूलो धर्म रहने उनको तर्क छ । उनी लेख्छिन् ‘कुनै सफल भएर पनि असफल हुन्छन् कुनै असफल भएर पनि सफल हुन्छन् । कामको कुरामा आफूलाई चित्तबुझ्दो र सुहाउँदो छ भने गर्ने कोशिश हो ।’

त्यसो त वर्षा सिवाकोटी लगातार फिल्म देखिए पनि ‘नाईं नभन्नू ल २’ र’ पशुपति प्रसाद’ बाहेक अरु कुनै फिल्म हिट छैनन् । तर उनको हातमा फिल्मको कमी भने छैन । हालै ‘भैरे’ रिलिज भएको थियो । उक्त चलचित्रले बक्स अफिसमा औषत व्यापार गरेको थियो भन अब भाद्र १ गते उनको अभिनय रहेको चलचित्र ‘जय शम्भु’ प्रदर्शनमा आउँदैछ ।