एएफसी यू–१६ महिला च्याम्पियसिपको नयाँ खेल तालिका सार्वजनिक

title
बुधबार, भदौ ६, २०७५

काठमाडौं । थाइल्यान्डमा सन् २०१९ मा आयोजना हुने एएफसी यू–१६ महिला च्याम्पियसिपको छनोट खेलमा नेपालले पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

छनोट खेल नेपालमै १९ सेप्टेम्वरबाट २३ सेप्टेम्बरसम्म हल्चोकस्थित एपीएफको रंगशालामा हुनेछ । नेपाल रहेको समूह ‘ईं’ बाट सिरियाले नाम फिर्ता लिएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले मंगलबार नयाँ खेल तालिका सार्वजनिक गरेको थियो । यसअघि नेपालले सिरियासँग १५ सेप्टेम्वरमा खेल्ने तालिका थियो ।

नयाँ तालिका अनुसार नोपलले २१ सेप्टेम्बरमा म्यानमारसँग र २३ सेप्टेम्वरमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । छनोट खेलमा समूह ई मा नेपाल सहित फिलिपिन्स, मलेसिया र म्यानमार रहेका छन् ।

प्रतियोगिताको समूहको बिजेताले दोस्रो चरणको यात्रा तय गर्नेछन् । यस्तै छनोटमा सहभागी ६ समूहको उपविजेता मध्ये उत्कृष्ट २ टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन् । दोस्रो चरणको छनोटमा बिजेता बन्ने चार टोलीले अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् ।

फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भइसकेका छन् ।