एकदिवसीय खेल्न यू–१९ क्रिकेट टोली आज भारत जाँदै

title
सोमवार, भदौ २५, २०७५

काठमाडौं । भारतमा एकदिवसीय सिरिज खेल्न जाने नेपाली यू—१९ राष्ट्रिय क्रिकेट टोली सोमबार भारत जाँदैछ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को निमन्त्रणामा १५ सदस्यीय नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
भारत जाने खेलाडीको नाम भने गत शुक्रबार सार्वजनिक गरिएको हो ।

मोहमद आसिफ शेखको कप्तानीमा खेलाडी छनोट समितिले टोलीको घोषणा गरेको हो । छनोट भएका खेलाडीमा मोहमद आसिफ शेख (कप्तान), ट्रिटराज दास, रवि शाह, लोकेस बम, रित गौतम, रसिद खान, भिम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा छन् ।

त्यस्तै पवन सराफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम पनि टिममा परेका छन् । भारत जाने यू—१९ खेलाडी छनोट समितीमा आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, यू—१९ टिमका मुख्य प्रशिक्षक बिनोद कुमार दास थिए भने सुनोज भट्टराई र राजु खड्का रहेका थिए ।