एकसातादेखि वेपत्ता भएका डाक्टर खनालको शव भेटियो

title
शनिबार, जेष्ठ २५, २०७६

काठमाडौं  । काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौंथो वर्ष अध्ययनरत शिशिर खनाल मृत फेला परेका छन् । गत जेठ १७ गतेदेखि हराएका उनी शनिबार अपरान्ह कीर्तिपुरको जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

कहाँ हराए यी डाक्टर ?
अर्घाखाँची स्थायी घर भइ काठमाडाैंको तिनकुनेमा बस्दै आएका खनालको खोजीमा जुटेको प्रहरीले उनको मोटरसाइकल तीनदिनअघि कीर्तिपुरस्थित पुष्पलाल पार्कमा फेला पारेको थियो । 

दुईवटा मोबाइल बोकेपनि खनालको फोन स्विच अफ देखिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।