एक दिने जन्मदर्ता शिविर सञ्चालन

title
आइतवार, बैशाख २९, २०७६

सुशील बस्नेत/दाङ । बालबालिकाहरुको सहभागितामा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ ले एक दिने जन्मदर्ता शिविर सञ्चालन गरेको छ ।

बालबालिकाको अधिकार सुनिश्चित गराउन र विद्यालय जाने उमेरका बालबालिकालाई अनिवार्य विद्यालय जाने वातावरण गराउन यो अभियान चलाइएको वडा अध्यक्ष घनश्याम ढकालले जानकारी दिनुभयो । जन्मदर्ता बालबालिकाको जन्मसिद्ध अधिकार भएकाले उनीहरुकै सहभागितामा शिविर आयोजना गरिएको ढकालको भनाई छ ।

जनप्रतिनिधिले शिविरमा आएका वालवालिकाहरुलाई जन्मदर्ताको महत्वका बारे जानकारी गरएका थिए । शिविर सञ्चालन गरिएको जानकारी पाएका वडाबासीहरु शिविरस्थलमा भेला भएका थिए ।

शिबिरमा हेल्प डेक्ससमेत सञ्चालन गरिएको प्राबिधिक सहयोग गरिरहेको दलीत अधिकार तथा संञ्चार अभियानका अध्यक्ष निर्मल नेपालीले जानकारी दिनुभयो ।