देश
एक वर्ष मात्र कार्यकाल बाँकी रहेको प्रधानमन्त्रीको खुलासा, सरकारको गियर बढाउने प्रतिबद्धता

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष मात्रै बाँकी रहेको बताएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा उनले आफ्नो कार्यकाल एक वर्ष मात्रै बाँकी रहेकाले अब सरकारको गियर बढाएर काम गर्ने बताए । सरकारको एक वर्षे कार्यकालको समीक्षा गरिएको सरकार नेतृत्वकर्ता दल माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष बाँकी रहेको र यो अवधिमा सरकारको गियर बढाएर काम गर्ने बताएका हुन् । दलीय सहमतिअनुसार आफ्नो कार्यकाल एकवर्ष मात्र बाँकी रहेको बैठकमा जानकारी गराउँदै उनले वितेको एकवर्षमा भएका काम पनि राम्रो रहेको दाबी गरे । गत वर्षको १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष बाँकी रहेको बताउँदै गठबन्धनबीच भएको सहमतिबारे जानकारी गराएका हुन् ।