एट्लेटि मड्रिडका स्ट्राइकर एन्टोइन ग्रिजम्यानबाट क्लब छोड्ने घोषणा

title
बुधबार, जेष्ठ १, २०७६

एजेन्सी । एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोइन ग्रिजम्यानले यो सिजनको अन्त्यसँगै उनले क्लब छोड्ने घोषणा गरेका छन् ।

मड्रिडमा ५ वर्ष बिताएका विश्वकप विजेता खेलाडी ग्रिजम्यानले शनिबार हुने क्लबको लेभान्टेविरुद्धको खेल एट्लेटिकोबाट अन्तिम खेल हुने बताए । पछिल्लो ५ वर्ष आफ्ना लागि निकै उत्साहपूर्ण रहेको बताउदै ग्रिजम्यानले सबैलाई धन्यवाद दिएका छन ।

एट्लेटिकोबाट ५ वर्षमा दुई सय ५६ खेलमा एक सय ३३ गोल गरेका ग्रिजम्यान २०१४ मा रियल सोसिडाडबाट अनुबन्ध भएका थिए ।

गत वर्ष बार्सिलोनाको अफरलाई अस्वीकार गरेका उनलाई डिसम्बर २०१७ मा नियमविपरीत अनुबन्धको प्रयास गरेको थियो ।