एनसेलको करसम्बन्धी मुद्धाको सुनुवाई आज

title
बुधबार, बैशाख ११, २०७६

काठमाडौँ । काठमाडौं– ठूला करदाता कार्यालयले गरेको कर नर्धिारण प्रक्रयिा नमलिेको भन्दै एनसलले दायर गरेको रटिमाथि आज सुनुवाइ हुने भएको छ ।

मंगलबारका लागि न्यायाधीश प्रकाशमानसिंह राउतको इजलाशमा पेशी तोकिएको भएपनि मंगलबार हेर्न नभ्याएपछि आज भने सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको इजलाशमा पेशी तोकिएको छ ।

सोमबार दायर रटिको प्रारम्भकि सुनुवाइ आजका लागि भिर्धारण गरिएको छ । करदाता कार्यालयले एनसेललाई मंगलबारसम्म कर दाखिला गर्न पत्राचार गरेको थियो । ठुला करदाता कार्यालयले एनसेलले ३९ अर्ब ६ करोड रुपैयाँ कर तिर्नुपर्ने भन्दै पत्रकार गरेपछि एनसेल सर्वोच्च गएको थियो ।

तर एनसेलले भने १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० रुपैयाँमात्र लाभकर तर्नि बाँकी रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेको हो ।