एनसेलको कर विवादबारेको पुर्णपाठ अन्तिम चरणमा– सर्वोच्च अदालत

title
शनिबार, चैत्र २, २०७५

काठमाडौँ । एनसेलको करेबारे सर्वोच्चले गरेको परमादेशको पुर्णपाठ अन्तिम चरणमा पुगको सर्वोच्च अदालतले जनाएको छ ।

अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाका अनुसार प्रधानन्यायाधीश ओमप्रकाश राणासमेत सम्मिलित इजलाशले गरेको आदेशको पुर्णपाठ केही दिनमै तयार हुने जानकारी दिएका हुन् ।

उनले फैसलाको पुर्णपाठ अन्तिम चरणमा पुगेको जानकारी आफुले पाएको भन्दै विषेश प्राथमिकता दिएर फैसलाको पुर्णपाठको लेखनको काम भइरहेको बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको बृहद् पूर्ण इजलासमा न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डाक्टर आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान थिए । एनसेल एक्जियटा कम्पनीकै नियन्त्रणमा रहेका कारण करको दायित्व पनि एनसेल र उसैको हुने निष्कर्षसहित सर्वोच्चले कर तिर्न परमादेश जारी गरेको थियो ।