एनसेलको नयाँ अफर ५ रुपैयामा २५ एमबि डेटा भोलुम लिन सकिने

title
आइतवार, साउन २०, २०७५

काठमाडौं । एनसेलले ५ रुपैयामा २५ एमबि डेटा भोलुम लिन सकिने गरी आईतवार देखि ‘फुच्चे प्याक’ ल्याएको छ ।

यस डेटा प्याक अन्तर्गतको २५ एमबि डेटा ग्राहकले एनसेलको कुनै पनि नेटर्वक टुजि, थ्रिजि तथा फोरजिमा बिहान ५ देखि बेलुका ५ बजे सम्म प्रयोग गर्न सक्नेछन् ।

सेवा लिन ग्राहकले आफ्नो म्यासेज बक्समा अंगे्रजी अंक पाँच टाइप गरि १७१२३ मा एसएमएस पठाइ फुच्चे प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

यो डेटा प्याक सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ ।