एन्फाले ग¥यो एएफसी छनोट खेल्ने नेपाली महिला टोलीको घोषणा

title
मङ्लबार, बैशाख ३, २०७६

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाल एएफसी छनोटको दोस्रो चरण खेल्ने उन्नाईस वर्ष मुनिको नेपाली महिला टोलीको घोषणा गरेको छ ।

एन्फाले मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठको नेतृत्वमा २३ सदसीय टिमको नाम सार्वजनिक गरेको हो । दोस्रो चरणको छनोट अप्रिल २६ बाट ३० सम्म हदैँछ । छनोटको शीर्ष टोलीले एएफसी यू –१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।

छनोटको समूह ’ए’ मा रहेको नेपालले अष्ट्रेलिया, उज्वेकिस्तान र म्यानमारसंग प्रतिस्पर्धा गर्नुपेर्नछ । नेपालले पहिलो खेल अप्रिल २६ मा अष्ट्रेलियासंग खेल्नेछ । त्यस्तै अप्रिल २८ मा उज्वेकिस्तानसंग खेल्दा ३० अप्रिलमा म्यानमारसंग खेल्नेछ ।

यस्तो छ महिला टोली ।

गोलकिपर : अन्जना राना मगर, रेबिका राई, उषा नाथ ।
डिफेण्डर : निशा थोकर, रोजिना श्रेष्ठ, सुष्मा महर्जन, समिक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा राना मगर, सलोनी राना मगर, सबिता राना मगर ।
मिडफिल्डर  : सरु लिम्बु कप्तान, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता बैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती ।

स्ट्राइकर :  रश्मी कुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल, निर्मला उपाध्याय ।