जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • एन्फा महिला लिगमा वालिङको दोस्रो जित

एन्फा महिला लिगमा वालिङको दोस्रो जित

राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले दोस्रो जित निकालेको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै वालिङले लगातार दोस्रो जित निकालेको हो । वालिङलाई जित दिलाउनका लागि एक मात्र निर्णायक गोल सिसि नानटोङ्गोले खेलको ३९ औं मिनेटमा गरेकी थिइन् । जितसँगै वालिङले दुई खेलबाट ६ अंक जोडेको छ ।संकटा भने अङ्कविहीन छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

 

धेरै टिप्पणी गरिएका