एन्फा र यूएनडीपीबीच १७ बुँदे सम्झौता

title
मङ्लबार, भदौ १९, २०७५

काठमाडौं । अखिल नेपाल फुटबल संघले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनपिडी) संग दिगो विकाश कार्यक्रम अन्तर्गत १७ योजनामा संझौता गरेको छ ।
एन्फामा भएको कार्यक्रममा अध्यक्ष कर्माछिरीङ शेर्पा र यूएनडिपीका कन्ट्रि मेनेजर रेनोड मेयरबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सम्झौता पश्चात एन्फाले फुटबल खेलको लोकप्रियता मार्फत देश र समाजमा सकारात्मक सन्देश दिदै राष्ट्रप्रतिको सामाजिक दायित्व बहन गर्ने बताएको छ ।
एन्फा र यूएनडिपी विच भएका सम्झौताहरुमा गरिबीको अन्त्य, भोकमरीको अन्त्य, स्वस्थ्य र समुन्नत समाज, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, सफा पानी तथा सरसफाई, स्वच्छ उर्जामा सहज पहुँच, मर्यादित काम तथा आर्थिक बृद्धि लगायत छन् ।