एपीएफलाई हराउदै आदर्श युवा क्लव फाइनलमा

title
सोमवार, भदौ २५, २०७५

कास्की । पोखरमा जारी २४ औ आदर्श कप फुटबलकाे पहिलो सेमिफाइनल अन्तर्गत आइतबार भएको खेलमा जित हात पार्दै आयोजक आदर्श युवा क्लब फाइनलमा प्रवेश गरेको छ । सशस्त्र प्रहरी एपीएफलाई ४–० गोल अन्तरले हराउँदै आदर्श युवा क्लबले फाइनलको यात्रा तय गरेको हो ।
खेलको ५७ औं मिनेटमा आदर्श युवा क्लवका खेलाडीले प्रहार गरेको वललाई एपीएफका खेलाडी विजय सिहं ठकुरीले हातले रोक्दा पाएको पेलान्टीलाई सदुपयोग गर्दै आयेजक आदर्श क्लवका खेलाडी विमल रानाले गोलमा परिण गर्दै शुरुवाती अग्रता दिएका थिए । खेलको ६४, ७३, र ८३ औ मिनेटमा बेलप्रसाद गुरुङ्ग, सुरेन क्षेत्री र भिसन गुरुङ्गले व्यक्तिगत १–१ गोल गर्दै आयोजक आदर्श युवा क्लवको जित सुनिश्चित गरेका थिए ।
खेलको ५७ औ मिनेटमा रेडकार्ड पाएर १० खेलाडीमा सिमित रहेको एपीएफ खेल अवधिभर क्लव निकै नै दवावमा रहेको थियो । खेलको म्यान अफ दि म्याच आदर्श युवा क्लवका खेलाडी भिसन गुरुङ्ग बने । प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम सेमिफाइनलमा जाउलाखेल युथ क्लबसँग एन्फा स्याङ्गजाले प्रतिस्पर्धा गर्नेछ ।