एपीएफ चौथो पटक च्याम्पियन

title
बिहिबार, मंसिर १३, २०७५

काठमाडौं । राजधानीमा सम्पन्न छैटौं प्रधानसेनापति अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगितामा लगातार चौथो पटक सशस्त्र प्रहरीको एपीएफ क्लव च्याम्पियन बनेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई पेनाल्टीमा चार दुई गोलले हराउदै एपीएफले उपाधि उचाल्यो ।

भद्रकाली स्थित आर्मीको मुख्यालयको मैदानमा भएको खेलमा साविक विजेता एपीएफका लागि खेलको ४१ औं मिनेटमा अनिताले गोल गर्न सफल भइन् । प्रतिस्पर्धात्मक खेलमा आर्मीले पनि केही मुभ बनाएको थियो तर उसले मौकालाई सदुपयोग गर्न सकेन् । दोस्रो हाफमा आर्मीले एक गोल फर्काएपछि खेल एक–एकको अवस्थामा पुग्यो ।

त्यसपछि दुबै टिमबाट गोल नभएपछि ९० मिनेट र थपिएको अतिरिक्त समय एक एक गोलको बराबरीमा सकियो । जसका कारण खेल पेनाल्टी सुटआउटमा भयो । पेनाल्टीमा सशस्त्रले चार गोल गर्दा आर्मीले दुई गोल मात्र गर्न सक्यो । उसको सुरुवाती दुई प्रहार गोलमा परिणत हुने सकेन । सशस्त्रका लागि सावित्रा भण्डारी, रेनुका नगरकोटी, अनिता बस्नेत र अनु लामाले गोल गरिन्ण् । आर्मीका लागि अञ्जना रानामगर, निशा बोहराले मात्र गोल गर्न सकिन । कृष्णा खत्रीको प्रहार एपीएफकी किपरले रोकिन भने इन्द्रा राइको प्रहार आउट भयो ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर एपीएफकी अञ्जना थापामगरले जितीन भने डिफेन्डर आर्मीकी सुनिता चोधरी, मिडफिल्डरपनि आर्मीकी विमला चौधरी बनिन । यस्तै उत्कृष्ट फरवार्ड एपीएफकी सावित्रा भण्डारी, उत्कृष्ट प्रशिक्षक सशस्त्रका जनक सिंह बने । लगातार चौथो पटक प्रतियोगिताको उपाधि जितेको एपीएफले तीन लाख रुपैयाँ पनि हात पा¥यो । उपविजेता आर्मीले एक लाख ५० हजारमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीकी पुनम जर्गामगर बनिन् । उनले एक थान स्कुटर प्राप्त गरिन् ।

२०७० सालबाट शुरु गरिएको प्रतियोगितामा यसअघि एपीएफले २०७२, ०७३ र ०७४ मा गरी लगातार तीन पटक ट्रफी जितेको थियो । ०७२ सालमा आर्मीलाई हराउँदै उपाधि उचालेको एपीएफले ०७३ सालको फाइनलमा रौतहट तथा ०७४ मा फेरि आर्मीलाई निराश पार्दै उपाधि जितेको थियो । त्यसअघि पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो ।