एभरेष्ट प्रिमियर लिग : भैरहवाद्वारा ललितपुर समक्ष ९३ रनको सामान्य लक्ष्य प्रस्तुत

title
आइतवार, पुस १, २०७५

काठमाडौ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग टी ट्वान्टी क्रिकेटको क्वालिफायरमा पुगेको छ ।

आईतवार सम्पन्न लिग चरणको अन्तिम खेलमा शरद भेषावकरको भैरहवा ग्लाडीयटर्सलाई ६ विकेटले हराएर ललितपुर क्वालिफायरमा पुगेको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भैरहवाले दिएको ९३ रनको सामान्य लक्ष्य ललितपुरले १४ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९ ओभरमा अलआउट हुँदै ९२ रन बनाएको थियो । भैरहवाका लागि रायन टेन डोसकाटेले सर्वाधिक ३७ रन जोडे । त्यस्तै रबी इन्दर सिंहले २५ रन जोडे । त्यसबाहेक भैरहवाका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । भैरहवालाई सस्तैमा समेट्न ललितपुरका सन्नी पटेल एक्लैले ५ विकेट लिए । त्यस्तै योगेन्द्र सिंह कार्की र राशिद खानले समान २÷२ विकेट लिए ।